२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेससँगको सहमतिपछि सत्ता छोडेको घोषणा गर्न एमाले सचिवालय बैठक [५ तस्वीर]

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी कर्याालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरणबारे ब्रिफिङ गरिरहेका छन् । नेपाली कांग्रेससँग नयाँ सरकार गठनलगायतका विषयमा सहमति भएपछि ओलीले सचिवालय बैठक राखेका हुन् ।

सोमबार मध्यराति एमाले र कांग्रेस नेतृत्वबीच सत्ता सहकार्य, संविधान संशोधनलगायतका विषयमा सहमति भएपछि राजनीतिको कोर्ष फेरिएको छ । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्दैछन् । अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएर भोलि ओलीले प्रधानमन्त्रीको सपथ लिनेछन् ।

 

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस