२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोल्पा जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो

१८ असार , काठमाण्डौँ । रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा नाबालिका छोरीसहित र एकै घरका दाजुभाइको पनि मृत्यु भएको छ।

दुर्घटनामा ज्यान गुमाउने रोल्पाको माडी गाउँपालिकाका ७७ वर्षीय खड्ग डाँगी र करिब ५० वर्षीय चुपलाल डाँगी सहोदर दाजुभाइ भएका माडी ३ का वडाध्यक्ष बलबहादुर बुढाले जानकारी दिए ।

त्यसैगरी सोही ठाउँकी करिब ३० वर्षीया अमृता घर्तीले पनि आफ्ना १८ महिने छोरीसहित दुर्घटनामा ज्यान गुमाएकी वडाध्यक्ष बुढाले बताए ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस