२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टी- २० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, भारतका ६ खेलाडी सामेल

काठमाडौँ । आइसीसीले टी- २० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।

त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् । त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस