२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रामबहादुर बम्जनलाई बालयौन दुराचार मुद्दामा १० वर्ष कैद

१८ असार, काठमाडौँ । बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्षको कैद सजाय हुने भएको छ । सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। अदालतले उनलाई असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको थियो ।

‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो । उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस