२०८१ कार्तिक २८ गते बुधवार | 2024 November 13th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल, दोस्रो पटक लाग्यो सर्किट !

१८ असार , काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयर आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै अहिले कारोबार रोकिएको छ ।

सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो । शेयर बजार १ मिनेटमै ८२ अङ्कभन्दा धेरैले बढेर २ हजर १ सय ३५ विन्दुमा पुगेर रोकिएको छ । २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत ९थप १ प्रतिशत विन्दु० ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस