२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज नेप्से १६.२९ अंकले बढ्यो, कारोवार रकम कति ?

१७ असार , काठमाडौँ । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक १६.२९ अंकले बढेर बन्द भएको छ । गएका तीन कारोबार दिन लगातार घटेको बजार सोमबार ०.८० प्रतिशतले बढेर २०५३.२८ विन्दुमा बन्द भएको छ ।

यसदिन दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ६० पैसाले वृद्धि भएर २९९ रुपैयाँ ६० पैसा कायम भएको छ । यसदिन नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७३ रुपैयाँ कायम भएको छ ।

फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२१ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको भएको छ । यो समूहको परिसूचक २.०४ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस