२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

१७ असार , काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । शुक्रबारदेखि चाँदीको मूल्य स्थिर रहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस