२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकी डलर स्थिर हुँदा पाउन्ड र येन घट्यो, यस्तो छ आजको विनिमय दर

exchange american dollar

१७ असार, काठमाडौँ । आज २०८१ असार १७ गते, जुलाई १, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर स्थिर रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ र जापानी येनको भाउ घटेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन पनि यही दरमा डलर साटिएको थियो ।
त्यसैगरी, हिजो पाउन्ड १ को खरिद मूल्य १६८.३४ रुपियाँ र बिक्री मूल्य १६९.१० रुपियाँ तोकिएको थियो । आज भने सोही मुद्राको खरिद १६८.२ रुपियाँ र बिक्री १६९.०८ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज जापानी येन १० को खरिद दर ८.२८ रुपियाँ र बिक्री दर ८.३१ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद ८.२९ रुपियाँ र बिक्री ८.३२ रुपियाँ रहेको थियो । साथै, यसदिन साउदी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिंगिटको भाउ आइतबारको तुलनामा स्थिर रहेको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस