२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्ड र ओलीबीच छलफल सकियो, यी हुन् भएका कुरा

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए ।

‘सरकारका कामलाई गतिशील–व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो,’ मल्लले भने, ‘समग्रमा छलफल एकदमै राम्रो भएको छ । नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।’

यसबीचमा आइतबार पनि प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल भएको थियो । उनीहरूबीच छलफल भइरहेका बेला रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल भने सत्ता समीकरणमा फेरबदल आउने भनेर चलेको हल्ला सत्य नभएको बताउँछन् । उनले भने, ‘बाहिर चलेका कुरा सबै हल्ला मात्र हुन् ।’

 

 

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस