२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१७ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्रीसँग छलफलका लागि एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । शनिबार पनि प्रचण्ड र ओली साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

शनिबार अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालकोटमा लामो वार्ता भएपछि त्यसले देशको राजनीतिमा तरंग पैदा गरेको छ । ओलीले देउवासँग वार्ता गरेपछि सत्तारूढ माओवादी लगायतका दलहरू सशंकित भएका छन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस