२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाजरकोटमा पहिरोले पुरिएर बालकको मृत्यु

१७ असार , जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका-५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गएराती परेको बर्षाद्का कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो। पहिरोमा परि बुवा रमेश घाइते भएका छन् । उनको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस