२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोल्पा जिप दुर्घटनामा ७ जनाको मृत्यु

Jeep Accident

१७ असार, काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले अनलाइनखबरसँग भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । चालकसहित ८ जना घाइते छन् ।’

मृतकहरुको सनाखत नभएको उनले बताए । माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । ‘केही घाइतेहरु हेर्दा सामान्य देखिए पनि भित्री चोट हुनसक्छ । यहाँ जाँच गर्ने उपकरणहरु छैनन् । त्यहीभएर भैरहवा रिफर गर्ने तयारी भइरहेको छ,’ प्रजिअ रायमाझीले भने । पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस