२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँ नेतृत्व छान्न र्‍यालीसहित सडकमा आए नेकपा एसका नेताहरु

१६ असार, काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको कमलादीमा २० असारसम्म चल्ने महाधिवेशनको आज अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्दैछन् ।

महाधिवेशनअघि नेकपा एसले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ । र्‍यालीमा पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो । आजदेखि पाँच दिनसम्म हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

 

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस