२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपाधि छिनोफानोमा नेपाललाई १ रनले जितेको द. अफ्रिकाले भारतका क्षणभरमा नै तीन विकेट ढाल्यो

South Africa, who beat Nepal by 1 run in the title clash, promptly defeated India by three wickets

काठमाडौं । आइसिसी टी–२० विश्वकपको उपाधि छिनोफानोका लागि भारत र दक्षिण अफ्रिका राति सवा ८ बजेदेखि बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा आमनेसामने भइरहेका छन् । भारतले दक्षिण अफ्रिकालाई पहिलो ओभरमा नै १५ रन लिएर राम्रो सुरुवात गरेको थियो । तर केही क्षणमा नै तीन विकेट गुमाएर स्तब्ध बनेको छ ।

अफ्रिकाका केशव महाराजले भारतलाई दोस्रो झटका दिए । उनले दोस्रो ओभरको अन्तिम बलमा ऋषभ पन्तलाई क्विन्टन डी ककको हातमा क्याच आउट गराए। सूर्यकुमार यादव चौथो नम्बरमा ब्याटिङमा आएका थिए । उनी तीन रन बनाएर आउट भए । ३४ रनको स्कोरमा भारतलाई तेस्रो झटका लाग्यो। २३ रनको स्कोरमा भारतलाई पहिलो झटका लागेको थियो । केशव महाराजले दोस्रो ओभरको चौथो बलमा रोहित शर्मालाई हेनरिक क्लासेनको हातमा क्याच आउट गराएका थिए ।

बार्बाडोसमा आमनेसामने हुँदा भारत ११ वर्षदेखिको उपाधि खडेरी तोड्ने र दक्षिण अफ्रिका पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ। फाइनल खेल त्यसै पनि रोचक हुने नै छ। समूह चरणदेखि दुवै टिम अपराजित रहँदै फाइनलमा भेट भएकाले खेल अझै प्रतिक्षित बनेको छ।

भारतले समूह चरणमा आयरल्याण्डलाई ८ विकेटले, पाकिस्तानलाई ६ रनले र अमेरिकालाई ७ विकेटले पराजित गरेको थियो। वर्षाका कारण खेल रद्द हुँदा क्यानडासँग उसले अंक बाँडेको थियो। सुपर–आठका तीनै खेलमा भारत विजयी भएको थियो। उसले अफगानिस्तानलाई ४७ रनले, बंगलादेशलाई ५० रनले र अस्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो।

समग्रमा ७ जित निकाल्दै भारतले फाइनलमा स्थान बनाएको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको लय पनि उत्कृष्ट छ। समूह चरणमा श्रीलंकलाई ६ विकेटले, नेदरल्याण्ड्सलाई ४ विकेटले र बंगलादेशलाई ४ रनले हराएको थियो। समूह चरणकै खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो।

समूह विजेता बन्दै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले सुपर आठमा इंग्ल्याण्डलाई ७ रनले, वेस्ट इण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले पराजित गरेको थियो। दक्षिण अफ्रिका ८ जित निकाल्दै फाइनल पुगेको हो। भारत बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट लयमा छ। ७ खेलबाट २४८ रन बनाएका कप्तान रोहित शर्मा जारी विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको तेस्रो नम्बरमा छन्।

 

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस