२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप २०२४ को उपाधि भारतले चुम्यो

काठमाडौं । भारतले दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकी टोलीले २० ओभरमा आठ विकेट गुमाएर १६९ रन बनाउन सक्यो।

यो जितसँगै भारतले ११ वर्षपछि आईसीसी ट्रफीमा कब्जा जमायो । भारतले यसअघि सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । १७ वर्षपछि टी–२० विश्वकप जितेको छ । भारतले सन् २०११ मा एकदिवसीय विश्वकप जितेको थियो ।

भारतले खेलको १७ औं ओभरमा चमत्कारिक पुनरागमन गर्यो । १६ ओभरमा दक्षिण अफ्रिकाले चार विकेट गुमाएर १५१ रन बनाएको थियो । त्यसपछि मिलर र क्लासेन क्रिजमा थिए। दक्षिण अफ्रिकालाई अन्तिम २४ बलमा २६ रन आवश्यक थियो । यसपछि १७ औं ओभरमा हार्दिकले क्लासेनलाई आउट गरे र चार रन मात्र दिए ।

१८ औं ओभरमा बुमराहले यान्सेनलाई आउट गर्दै दुई रन दिए । अर्शदीपले १९ औं ओभरमा चार रन दिए । अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई १६ रन चाहिएको थियो । हार्दिकले पहिलो बलमै मिलरलाई आउट गरेका थिए । दोस्रो बलमा रबाडाले चार रन बनाए । तेस्रो बलमा रबाडाले एक रन लिए । महाराजले चौथो बलमा एक रन लिए । उनको अर्को बल वाइड थियो। हार्दिकले पाँचौं बलमा रबाडालाई आउट गरे। अन्तिम बलमा एक रन आयो र भारत सात रनले विजयी भयो।

 

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस