२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टि–२० विश्वकपको फाइनल आज , भारत र दक्षिणअफ्रिका भिड्ने

१५ असार , काठमाडौँ । आइसिसी टि–२० विश्वकप २०२४ को फाइनल खेल आज साँझ हुनेछ। उपाधिका लागि भारत र दक्षिणअफ्रिका भिड्ने छन् ।
गुयनामा शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो ।

त्यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।
खेल बार्बाडोसको केन्सिङ्टन ओभल, ब्रिजटाउनमा हुनेछ । सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई हराउँदै भारत तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतीय टोलीले आफंना सबै सात खेल जितेको छ । भारत र दक्षिण अफ्रिकाबीच २६ टी–२० अन्तर्राष्ट्रिय खेल भएका थियो। जसमध्ये भारतले १४ वटा जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको थियो ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस