२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ’ : प्रधानमन्त्री दाहाल

१४ असार , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।

‘हजारौं सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने । जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

 

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस