२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालकै सर्वोत्कृष्ट सिम्रिका, एसईईमा ४ जिपिए

विदुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा नुवाकोटकी एक विद्यार्थीले सर्वोत्कृष्ट अङ्क ल्याएकी छिन् । विदुर नगरपालिका-२ बट्टारमा रहेको सुभेनियर बोर्डिङ्गकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याई नेपालकै उत्कृष्ट बनेको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले जानकारी दिए । योसँगै नुवाकोट जिल्लाकै इतिहासमा पहिलोपटक ४ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेको जनाएको छ ।

निजी विद्यालयमा अध्ययन गरेकी रिजालले उच्च शिक्षा अध्ययनको “ए-लेवल” तयारी गरिरहेको उनकी आमा शान्ता धितालले जानकारी दिईन् ।

सिम्रिका रिजालको ग्रेडसिट
एसइइको नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

 

 

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस