२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री सिंह

असार १४, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असार २१ वा २२ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले असार २१ वा २२ गते विश्वासको मत लिने तयारीमा जुटेको जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा जनमतका सांसद सिंह गत जेष्ठ २५ मा नियुक्त भएका भएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री सिंह विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा एसको महाधिवेशन असार १६ बाट महाधिवेशन हुन लागेकाले विश्वासको मत लिन ढिलो भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस