२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मदन जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

असार १४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती देशको कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी मनाइँदैछ । मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरिएको थियो । मदन भण्डारीले २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियो । विसंं २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गामा दुर्घटना हुँदा उनिसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।

जननेता भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक मानिन्छन् ।

#मदन जन्मजयन्ती

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस