२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१४ असार , काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी जेठ १९ गते बुधबार पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री डा मुकुल ढकालले जानकारी दिए ।

महामन्त्री ढकालले बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पार्टीको समग्र अवस्थाबारे एक प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदनबारे बैठकमा छलफल हुने बताइएको छ । गत वैशाख १५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए ।

समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस