२०८१ असोज २४ गते बिहिवार | 2024 October 10th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले सांसदको प्रस्ताव : घरेलु रक्सीको नाम ‘तीनपाने’ राखियोस्

Surya Kumari Shrestha

काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले लोकल मदिरालाई ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्न प्रस्ताव गरेकी छन् । सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै सांसद श्रेष्ठले नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी हुन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दिने नीति लिन पनि अनुरोध गरिन् । ‘कोदो उत्पादनमा जोड दिऔँ । कोदो खेतीको ब्रान्डिङ गरौँ । कोदो र चामलबाट बनाइने रक्सीलाई ब्रान्डिङ गरौँ । लेवलै राखौँ– तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौँ र विदेश सप्लाइ गरौँ’, सांसद श्रेष्ठले भनिन् ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस