२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा

१३ असार , काठमाडौँ । जारी टी–२० विश्वकपको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले सहजै पूरा गर्न सक्यो । योसँगै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । उक्त लक्ष्यलाई पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा ६० रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३–३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २–२ विकेट लिएका थिए ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस