२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मदिरा पिएर झगडा गरेपछि दुबई जान लागेका राजेशपायललाई विमानबाट निकालियो

१३ असार , काठमाडौँ । सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानबाट निकालिएको छ ।

आज बिहान सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईले मदिरा पिएर विमानका कर्मचारीसँग झगडा गरेपछि विमानबाट निकालिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजबाट दुबई जाने क्रममा मदिरा पिएर विमानमा प्रवेश गरेका थिए। विमानमा प्रवेश गरेर कर्मचारीसँग झैझगडा गर्न थालेपछि राईलाई निकालेर विमान उडेको हो ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस