२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

करिब १ लाख १६ हजार विद्यार्थीले पुरक परीक्षा दिन पाउने

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

साउन १८ र १९ गते यो वर्षको पुरक परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ हजारले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

दुईभन्दा बढी विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले भने आगामी चैतमा हुने परीक्षामा सोही विषयको मात्रै परीक्षा दिए पुग्नेछ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस