२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज घट्यो सुनचाँदीको भाउ

Gold Price Today Nepal

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेको हो । आज प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३४ रुपैयाँ तोकेको छ ।

 

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस