२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झलनाथको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार : ५ जना दोषी ठहर

१२ असार , काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भएको भ्रष्टाचारमा ५ जना दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गरेको हो । दोषी ठहर भएकामा मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव समेत छन् । यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।
अदालतले असार २५ गतेका लागि सजाय निर्धारण गर्न पेशी तोकेको छ । अख्तियारले उक्त भ्रष्टाचारमा झण्डै १८ करोड बिगो मागदाबी गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस