२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अग्नि सापकोटा विरुद्धको मुद्धाको फैसला आज नआउने

१२ असार, काठमाडौँ । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ । आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ ।

गत जेठ २३ गते प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सकिएको थियो । आजका लागि फैसला मिति तोकेको थियो । अब स्थगितको सूचीमा परेकाले नयाँ पेशी तोकेर निर्णय सुनाइनेछ ।

यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो ।

 

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस