२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा

India set Australia a target of 206 runs

काठमाडौं । अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको छ । रोहित शर्माको विस्फोटक ब्याटिङपछि अर्शदीप सिंहको घातक बलिङको मद्दतमा भारतीय टोलीले अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

रोहित शर्माको ९२ रनको इनिङको आधारमा भारतले २० ओभरमा पाँच विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाले लगातार दोस्रो हार बेहोर्नुपरेको हो । अस्ट्रेलियालेका लागि ट्राभिस हेडले ४३ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै ७६ रन बनाए ।

उनले कप्तान मिचेल मार्ससँग दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे । एक समय यो खेल अष्ट्रेलियाको टोलीले जित्छ भन्ने लाग्थ्यो तर भारतीय बलरले बलियो कमब्याक गर्दै प्रतियोगितामा आफ्नो विजयी अभियान जारी राखे । भारतका लागि तिब्र गतिका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने रिस्ट स्पिनर कुलदीप यादवले २ विकेट लिए ।

 

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस