२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनसनरत रुवि खान र सरकारको ५ बुँदे सहमतिमा तोडिन अनशन

११ असार, काठमाण्डौँ । निर्मला कुर्मी र सुमदरानी थारुको मृत्युको सम्बन्धमा विभिन्न मागहरू राखी अनसनरत रुबी खानले आमरण अनसन तोडेकी छिन् । सरकारी वार्ता टोलीसँग भएको पाँच बुँदे सहमति सँगै खानले १८ दिनदेखि जारी आमरण अनसन तोडेकी हुन् ।

गृहमन्त्री रवि लामिछानेले सोमबार जुस खुवाएर अनसन तोडाएका हुन् । मन्त्री लामिछानेकै निर्देशनमा गृह मन्त्रालयले उपसचिव एकदेव अधिकारीको संयोजकत्वमा तीन सदस्य रहेको टोली गठन गरिएको थियो । अधिकारी संयोजकत्वको टोलीका अन्य सदस्यहरूमा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र दिनेश न्यौपाने रहेका थिए ।

यसैगरी आन्दोलनरत पक्षको तर्फबाट रुबी खानको संयोजकत्वमा मनकुमारी गरताल, ललिता थारु, मो। शेर वागवान र रक्षा बम सदस्य रहेको पाँच सदस्यीय टोली गठन भएको थियो । सरकारी टोलीको अथक प्रयाससँगै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीको रोहवरमा पाँच बुँदे सहमतिसहित अनसन टुंगिएको हो ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस