२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

११ असार , काठमाडौँ । बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टिट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो ।
१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १८,५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस