२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोमाञ्चक खेलमा वेस्ट इन्डिज पराजित, नेपाल १ रनले हारेको दक्षिण अफ्रिका सेमिफाइनलमा

south africa vs england

काठमाडौं । निकै नै रोमाञ्चक र प्रतिस्पर्धापूर्ण खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई परास्त गरेको छ । योसँगै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनल यात्रा तय गर्न सफल भएको छ । पहिले टस जितेर फिल्डिङ रोजेको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि ३ विकेटको सनसनीपूर्ण जित निकालेको हो ।

वेस्ट इन्डिजको १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित १६.१ ओभरमै लक्ष्य भेट्यायो । यसअघि वेस्ट इन्डिजले जितका लागि १३६ रनको लक्ष्य दिएकोमा वर्षाले खेल प्रभावित भएपछि १७ ओभरमा झारिएको थियो । जारी विश्वकपमा दक्षिण अफ्रिकालाई लगातार सातौं जित दिलाउन ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन बनाए । उनले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन जोडेका हुन् ।

ओपनर क्विन्टन डि ककले १२, एडेन माक्ररमले १८ र डेविड मिलरले ४ रन जोडे । मार्को यानसनले १४ बलमा १ चौका र १ छक्कासहित २१ बनाउँदा कागिसो रबाडा ५ रनमा अविजित रहे । सुरुवातमै लगातार विकेट झर्दा दक्षिण अफ्रिकाको लय त गुमेको थियो नै दबाबसमेत बढेको थियो । तर दक्षिण अफ्रिकाले परिस्थितिलाई नियन्त्रणमा लिँदै जित दर्ज गर्यो ।

वेष्ट इन्डिजका रोस्टन चेशले ३, आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट झारे । त्यसअघि पहिले व्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ५२ रन जोडे । त्यस्तै, काइल मेयर्सले ३५, एन्ड्रे रुसेलले १५ र जोसेफले ११ रन बनाए । यसबाहेक वेस्ट इन्डिजका अन्य कुनै पनि ब्याटर चल्न सकेनन् । साउथ अफ्रिकाका तबरेज शाम्सीले सर्वाधिक ३ विकेट झारे । मार्को जानसेन, एडेन मार्करम, केशव महाराज र कागिसो रबाडाले एक–एक विकेट लिए । स्मरणीय कुरा यो छ की आज सेमिफाइनलमा प्रवेश गरेको टोली दक्षिण अफ्रिकासँग नेपाल मात्र १ रनले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस