काठमाडौं । सुपर–८ को अन्तिम खेलमा सोमबार भारतले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरेको छ । ग्रोस आइलेटको ड्यारेन सामी स्टेडियममा खेलिएको यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतलाई पहिलो झट्का विराट कोहलीको रुपमा लाग्यो । उनी खाता नखोली नै प्याभिलियन फर्किए ।
कोहली यो वर्ष आठ इनिङ्समा तेस्रो पटक शून्य रनमा आउट भएका हुन् । चालू प्रतियोगितामा कोहली खाता नखोली नै प्याभिलियन फर्किएको यो दोस्रो पटक हो । अमेरिकाविरुद्धको खेलमा उनलाई सौरभ नेत्रवलकरले शून्य रनमा आउट गरेका थिए । कोहलीले टी–२० विश्वकप २०२४ मा अहिलेसम्म जम्मा ६६ रन मात्र बनाएका छन् ।
उनले बंगलादेशविरुद्धको पछिल्लो खेलमा ३७ रन बनाएका थिए । यो वर्ष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो पटक कोहली ८ इनिङ्समा शून्य रनमा आउट भएका छन् । २०२४ अघि यस ढाँचामा १०७ इनिङ्समा उनी मात्र चार पटक मात्र रन नलिइ आउट भएका थिए।