काठमाडौं । रुसी क्रान्तिले शताब्दी पूरा गरेर अर्को दशक पार गर्दैछ । तर यो क्रान्ति जे आधारमा भयो र त्यो विचार अझै सान्दर्भिक हुनुले विश्वभर यसको चर्चा भइनै रहन्छ । जर्मन दार्शनिक कार्ल मार्क्सले उन्नाइसौं शताब्दीमा धेरै लेखहरु लेखे । कम्युनिस्ट घोषणापत्र त विश्वमा सबैभन्दा धेरै भाषामा प्रकाशित हुने कृतिमा पर्दछ । उनका दुई कृति ‘कम्युनिस्ट घोषणापत्र’ र ‘दास क्यापिटल’ले कुनै समय विश्वका धेरै देश र करोडौं जनतामा राजनीतिक र आर्थिक प्रभाव पारेकोमा आज पनि कुनै विवाद छैन । निर्णायक प्रभाव पारेको थियो। त्यो अहिलेपनि सान्दर्भिक छ ।
रुसी क्रान्ति पछि सोभियत संघको उदय यसको उदाहरण हो । बीसौं शताब्दीको इतिहासमा समाजवादी क्याम्पले ठूलो प्रभाव पारेको छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन। तर, मार्क्स र एंगेल्सले लेखेको जस्तो साम्यवादले भने गति लिन सकेन । अन्ततः समाजवादी शिविर ध्वस्त भयो र पुँजीवादले लगभग सम्पूर्ण भुगोल कब्जा गर्यो। आउनुहोस् जानौं, मार्क्सका ती चार विचारहरू के हुन् जुन साम्यवाद असफल भए पनि आज पनि सान्दर्भिक छन्।
१, राजनीतिक कार्यक्रम
‘कम्युनिस्ट घोषणापत्र’ र उनका अन्य लेखहरूमा मार्क्सले पुँजीवादी समाजमा ‘वर्ग सङ्घर्ष’को बारेमा कुरा गरेका छन् । कृतिमा कसरी सङ्घर्षबाट सर्वहारा वर्गले पुँजीपति वर्गलाई हटाउने र सारा विश्वमा सत्ता कब्जा गर्ने भनेर व्याख्या गरेका छन् । आफ्नो सबैभन्दा चर्चित कृति ‘दास क्यापिटल’ मा उनले यी विचारहरुलाई निकै तथ्यपरक र वैज्ञानिक ढंगले विश्लेषण गरेका छन् ।
उनका प्रतिष्ठित जीवनीकार, बेलायतका फ्रान्सिस व्हीन भन्छन्, मार्क्सले सम्पूर्ण मानव सभ्यतालाई दास बनाएको सर्वव्यापी पुँजीवादको विरुद्धमा दार्शनिक तर्क गरेको भेटिन्छ । २०औं शताब्दीमा, मजदुरहरूले रूस, चीन, क्युबा र अन्य देशहरूमा शासकहरूलाई पराजित गरे र निजी सम्पत्ति र उत्पादनका साधनहरू कब्जा गरे। ब्रिटिस स्कूल अफ इकोनोमिक्सका जर्मन इतिहासकार अल्ब्रेक्ट रिसल भन्छन्, मार्क्स विश्वव्यापीकरणका पहिलो आलोचक थिए। उनले विश्वमा बढ्दो असमानता विरुद्ध चेतावनी मात्र दिएनन् समानताको शंखघोष गरे ।
२, दोहोरिने मन्दीहरू
सन् २००७–८ र हालै देखिएको विश्वव्यापी मन्दीले फेरि एक पटक उनको विचारलाई सान्दर्भिक बनाएको छ । पुँजीवादका पिता एडम स्मिथको वेल्थ अफ नेशन विपरीत, मार्क्सले बजार चलाउन कुनै अदृश्य शक्तिले भूमिका खेल्दैन भन्ने विश्वास गरे। बरु मन्दी बारम्बार आउने निश्चित छ र यसको कारण पुँजीवाद नै रहेको उनको दाबी छ । अल्ब्रेक्टका अनुसार, पुँजीवादको पूर्ण अन्त्य नभएसम्म विश्वभर मन्दीको खेल भइरहने माक्र्सको विचार थियो। १९२९ को शेयर बजार दुर्घटना र त्यसपछिका झट्काहरू साथै २००७–०८ मा चरम सीमामा पुगेको आर्थिक मन्दी विश्वको वित्तीय बजार अकल्पनीय संकटमा थियो। हालैका बर्षमापनि यो देखिदैछ । तर, यस्ता संकटले ठूला उद्योगभन्दा वित्तीय क्षेत्रमा बढी असर गरेको विज्ञहरू बताउँछन् । यो अनुमान माक्र्सले उही बेला गरेका थिए ।
३, अपार नाफा र एकाधिकार
मार्क्सको सिद्धान्तको एउटा महत्त्वपूर्ण पक्ष भनेको अतिरिक्त मूल्य हो। माक्र्सको बुझाईमा यो एक कामदारले उसको ज्यालाको अतिरिक्त उत्पादन गर्ने मूल्य हो। मार्क्सका अनुसार उत्पादनका साधनका मालिकहरूले यो अतिरिक्त मूल्य लिने र सर्वहारा वर्गको खर्चमा आफ्नो नाफा बढाउने प्रयास गर्नु समस्या हो। उनले भनेका छन् यसरी पूँजी एकै ठाउँमा र केही हातमा केन्द्रित हुन्छ र यसका कारण बेरोजगारी बढ्छ र तलब घट्छ । यो आज पनि देख्न सकिन्छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले हालै गरेको एक विश्लेषण अनुसार अमेरिकाजस्ता देशमा विगत दुई दशकमा कामदारको तलब स्थिर रहेको छ भने कार्यकारीको तलब ४० देखि ११० गुणा बढेको छ । कच्चा पदार्थबाट अर्को रुप बनाउँदा त्यसमा मूल्य अभिवृद्धि कर जोड्ने नियमको विरोधमा माक्र्स छन् । उनले मजदुरको परिश्रम मात्र थप्नुपर्नेमा जोड दिँदै त्यसो नगरी महंगी धान्नै नसकिने अवस्थामा पुग्छ भनेका थिए अहिले त्यो असर विश्वले खेपिनै रहेको छ ।
४, वैश्वीकरण र असमानता
माक्र्सले पुँजीवादले आफ्नो चिहान आफै खन्छ भनेका छन् । मार्क्सवादी चिन्तक र पेरिस विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक ज्याक रेन्सिएर भन्छन्, ‘चिनियाँ क्रान्तिबाट मुक्त भएका शोषित र गरिब मजदुरहरूलाई पश्चिमाहरूले आराममा बाँच्न सकोस् भनेर आत्महत्याको छेउमा ल्याइएका छन् भनेर टिप्पणी गर्छन् । तर अहिले चीनको पैसा र परिश्रमबाट अमेरिका जस्तो शक्ति राष्ट्र बाँच्नु परेको छ । चिनियाँ कम्युनिस्टको योगदानलाई अबमूल्यान गर्नु र उसलाई पछाडि धकेल्नु भनेको अमेरिकाको अवसान हुनु हो । माक्र्सले आफ्नो भविष्यवाणीमा साम्यवाद असफल भए पनि पुँजीवादको विश्वव्यापीकरणको आलोचना गर्नमा अलिकति पनि गल्ती गरेनन् । ‘कम्युनिष्ट घोषणापत्र’ मा उनले पुँजीवादको विश्वव्यापीकरण नै अन्तर्राष्ट्रिय अस्थिरताको मुख्य कारण बन्ने तर्क गरेका छन् । र २०औं र २१औं शताब्दीमा चरम आर्थिक संकटले यो देखाएको छ। यही कारणले गर्दा विश्वव्यापीकरणका समस्याहरूको वर्तमान बहसमा माक्र्सवादको बारम्बार उल्लेख भइरहेको छ।