२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ४३ करोड थान अन्तःशुल्क स्टिकर छपाइमा घोटला

१० असार, काठमाडौँ । टेरामक्स खरीद प्रकरणमा अनुसन्धान चलिरहेकै बेला मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

अर्याल र आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेश शाक्य सहित सहसचिव टंकप्रसाद पाण्डे, शक्तिप्रसाद श्रेष्ठ, विष्णुप्रसाद गौतम, रविन्द्रप्रसाद पौडेल, विकल पौडेल, सफल श्रेष्ठ, गणेश विक्रम शाही, हरिवल्लभ घिमिरे र प्रिन्ट सेल कम्पनी विरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुलाई ३८ करोड ६७ लाख १७ हजार रुपैयाँको बिगो दाबी गरिएको अख्तियारले जनाएको छ । अख्तियारका आयुक्तहरुको शुक्रबार बसेको बैठकले उनीहरु विरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस