२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुरुषलाई भ्रष्टाचारको डण्डा चल्दा संयोगले पहिलो पटक निमित्त मुख्यसचिव महिलालाई

काठमाडौं । भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएसँगै मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलाले पाएकी छन् । पुरुषलाई भ्रष्टाचारको डण्डा चल्दा संयोगले मात्र निमित्त भएपनि नेपालमा मुख्यसचिवमा पहिला पुगेकी छिन् । अख्तियारले मदिराको अन्तः शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध आइतबार मुद्दा दायर गरेको थियो ।

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वतः वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाले महिलालाई पहिलो पटक निमित्त मुख्यसचिव बनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस