२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कमेडियन हिमेश पन्तको कान्तिपुरले काटेको जोक्स के थियो ?

काठमाडौं । कमेडियन हिमेश पन्तको जोक्सलाई कान्तिपुर टेलिभिजनले सेन्सर लगाएको छ । कान्तिपुरमा प्रसारण गरिने कमेडी च्याम्पियनमा हिमेशको जोक्समा सेन्सर कैची लगाइएको उनैले खुलाएका छन् । उनले जोक्स पचाउन नसकेको र ‘वाक स्वतन्त्रताको बर्खिलाप’ गरेको भन्दै कान्तिपुरका मालिक कैलाश सिराहीयाप्रति आक्रोश समेत पोखेका छन् । उनले एक भिडियोमा भनेका छन्,’

नमस्कार म हिमेश पन्त। तपाईहरुले कमेडी च्याम्पियनको सेटमा मैले गरेको कमेडी जुन कान्तिपुरले काटेको जोक्स चाहिँ के थियो ? भन्ने कुरा जान्न खोज्नुभएको छ । त्यसमा मैले भनेको थिए कि मान्छेहरु भन्छन्, कैलाश सिरोहीयाले यो देशमा लोकतन्त्र ल्याउनका लागि पुलिसको भाटो पचाएको छ। हामीलाई बाल ! कमेडियनको एउटा जोक्स पचाउन सक्दैन ।

र मैले भनेको थिए कमेडी च्याम्पियन सिजन ३ मा महावीरपुनको क्यारेक्टर गरियो, यो शो उठ्न सकेन, पूर्व राजा ज्ञानेन्द्रको क्यारेक्टर गरियो, यो शो उठ्न सकेन । किम जोङ योङको क्यारेक्टर गरियो यो शो उठ्न सकेन । तर यत्रो दुख गर्नै पर्थेन । कैलाश सिरोहीयाको क्यारेक्टर गरेको थियो भने यो शो सँधैका लागि उठ्थ्यो ।’

विशाल भण्डारीको गाडी ठोक्कियो, र यसमा धेरैले मजाक उडाए, जोक्स बनाए । म भन्छु की यस्तो सिरियस कुरामा जोक्स नगरौं । बास्तवमा त्यो एक्सिडेण्ट थिएन, त्यो दशा थियो । कमेडी च्याम्पियन सिजन थ्रि ल्याउनु चै एक्सिडेण्ट थियो । यो, यति ठूलो दुर्घटना हो । कमेडी च्याम्पियन सिजन थ्री का कमेडियनहरु कसैलाईपनि चिन्दैनन् । बरु त्यो शिबु पाण्डे भाइलाई चिन्छन् । मलाई चिन्ता कहाँ छ भन्दा कमेडी च्याम्पियन सिजन थ्रि को वीनर र विशाल भण्डारीसँगै हिड्दा वीनरलाई इग्नोर गरिन्छ । किनभने भण्डारीलाई त जसलेपनि चिन्छ ।’

भण्डारीलाई देखेपछि मान्छेहरुले के भन्छन् ? खराब होस्ट गर्ने मान्छे यही हैन ? बालेनलाई गाली गर्ने मान्छे यही हैन ? रक्सी खाएर गाडी ठोक्काउने मान्छे यही हैन । कतै यो सम्भव सिरोहीयाको जिग्री दोस्त त हैन ? हैन, हैन जिग्री दोस्त भइदिएको भए त घटना सामसुम हुन्थ्यो । यसको त भाइरल भएको हो । यति नै जोक्स थियो ।’

वास्तवमा यसलाई कान्तिपुरले काट्यो । विशाल भण्डारीलाई मैले रिक्वीष्टपनि गरेको थिए । यो जोक्स चाही नकाटिदिनुहोला । किनकी, देशमा फ्रिडम अफ स्पिच छ । बोल्न पाइन्छ । तर विशाल भण्डारीलेपनि सकेसम्म ट्राई गर्छु । आई वील ट्राई भन्नुभएको थियो । तर जोक्स काटियो । विशाल भण्डारी दाईलाई चै म रेक्सपेक्ट गर्न चाहान्छु । किनभने, उहाँसँग चै रोष्ट पचाउनसक्ने क्षमता छ । फ्रिडम अफ स्पिचलाई उहाँले भरपुर एक्ससेप्ट गर्नुभएको छ । मैलेपनि एक्ससेप्ट गर्छु, सबै नेपालीले एक्ससेप्ट गर्नुपर्छ । तर कान्तिपुरले चै एक्ससेप्ट गर्न नसकेको हो की ? भन्ने अनुभूती मेरो जोक्स काटिँदा मलाई भयो !

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस