२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोपा अमेरिका फुटबलमा भेनेजुयलाले इक्वेडरलाई हरायो

काठमाडौं । कोपा अमेरिका फुटबलमा भेनेजुयलाले इक्वेडरलाई २–१ गोलले हराएको छ । लेभिस स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडर १० खेलाडीमा समेटिएको थियो । खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएका थिए । खेलको ४० औं मिनेटमा जेरेमी सार्मिएन्टोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए ।

तर इक्वेडरले अग्रता जोगाउन सकेन । खेलको दोस्रो हाफमा भेनेजुएलाले दुई गोल गर्यो । ६४औं मिनेटमा जोन्डर काडिज र ७४ औँ मिनेटमा एडवार्ड बेलोले गोल गरे ।

जितसँगै समूह ‘बी’ मा रहेको भेनेजुएलाले पहिलो खेलमा तीन अङ्क जोडेको छ । यही समूहको खेलमा अहिले मेक्सिको र जमैका खेलिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस