२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापा र कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो, तीन जना घाइते

झापा । झापा र कञ्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

तीन जना रहेको मोटरसाइकल दुर्घटनामा हुँदा मेचीनगर–१० का अभिषेक राई र विवेक दनुवार घाइते भएका छन् । घाइते राई र दनुवारको उपचार भइरहेको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको महेन्द्रनगर–सुडा सडक खण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालक २७ वर्षीय सञ्जीव चौधरीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा रहेका मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस