२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर बजार सामान्य अंकले घट्यो, कारोवार रकम कति ?

शेयर बजार

असार ९, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ३६४.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज वित्त समूहमा चमक देखियो । यो समूह आज ५.४९ प्रतिशतले बढ्यो । साथै,व्यापार समूह ०.६६ र अन्य समूह ०.२५ प्रतिशतले बढे ।

आज लघुवित्त समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज १.२३ प्रतिशतले ओरालो लाग्यो । आज बैंकिङ समूह ०.४० प्रतिशत विकास बैंक ०.१०,हाईड्रो ०.०६,लगानी ०.६१,जीवन बीमा ०.५४ उत्पादत तथा प्रशोधन ०.४५,होटल १.१०,म्युचुअल फण्ड ०.२३ र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घट्यो ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस