२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

जलविद्युत्

९ असार , काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । मनसुन भित्रिएर पानी पर्ने क्रम शुरु भएसँगै पूर्ण क्षमता अर्थात् ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको केन्द्रले जनाएको छ ।

सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र अन्य स्रोतको पानी कम हुँदा घटेर बिजुली उत्पादन ३० मेगावाटसम्म झरेको थियो । तर अहिले बर्खा लागेको र गर्मीका कारण हिमाल पग्लिएर पनि नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताए । उनका अनुसार तीन वटा युनिटबाट समान २३ मेगावाटका दरले पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली चितवनको भरतपुरबाट काठमाण्डौको स्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस