२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रात्रि स्खलन स्वभाविक : यौन सम्पर्क हुनुभन्दा अगाडि नै रात्रि स्खलनको अनुभव लिन्छन् !

Dr. Dinesh Bastola

प्रा.डा. दिनेश बाँस्तोला । जन्मिएपछि व्यक्तिको शारीरिक तथा मानसिक वृद्धि-विकास हुनु सामान्य पक्रिया हो। उमेरअनुसार व्यक्ति शारीरिक, मानसिक र सामाजिकरूपमा परिवर्तन हुँदै जान्छ। जुन नियम किशोरावस्थाका व्यक्तिमा लागू नहुने कुरै भएन।

किशोरीको स्तन बढ्नु शारीरिक परिवर्तन हो। पुरुषको हकमा किशोर अवस्था सुरू भएसँगै जुँगाको रेखी बस्ने र दाह्री पलाउन थाल्छन्। महिला होस् वा पुरूष किशोर अवस्थामा प्रवेश गरेसँगै विपरीत लिंगप्रति आकर्षण बढ्नु, शरीरबाट गन्ध आउनु स्वभाविकै हो। किशोर अवस्थामा प्रवेश गरेका आफ्ना सन्ततिको लिङ्ग र योनी वृद्धि विकास र स्खलनका विषयमा प्रायः अभिभावक गौण बसेका हुन्छन्। किशोर-किशोरी भने यौनका मामलामा पनि जिज्ञासु हुन्छन्। उनीहरूमा कौतुहल उत्पन्न हुन्छ।

आफ्ना अभिभावकलाई किशोरावस्थामा हुने उतारचढावका विषयमा किशोर- किशोरीले भन्न लाज मान्छन्। अभिभावकले पनि यस्ता विषयमा भन्न रुचाउँदैनन्। त्यसैले किशोर अवस्थामा प्रवेश गरेका व्यक्तिले साथीभाई तथा अग्रज व्यक्तिसँग यौवनका विषयमा जिज्ञासा मेटाउने प्रयास गर्छन्। यसरी यौवन तथा यौनको विषयना जिज्ञासा लिँदा पाइने असल खराब ज्ञानले जीवनभर असर गर्छ।

स्वभाविक रात्रि स्खलन
सुतेको समयमा सपना देखिन्छ। सपनाको चरणमा पुरुषले लिङ्गबाट वीर्य स्खलन गर्नु र महिलाले योनिबाट चिप्लो पदार्थ निष्कासन गर्नु स्वाभाविकै हो। स्खलन हुने क्रियाकलापलाई रात्रिकालीन निर्गमन वा बहाव भनिन्छ। यसलाई रात्रि स्खलन पनि भनिन्छ। दिउँसो सुतेको बेलामा स्खलन भएमा दिवा स्खलन भन्न सकिन्छ।

सामान्यतया व्यक्तिको आँखाको चाल तिब्र (हल्का निद्रा) भएको अवस्थामा स्खलन हुन्छ। गहिरो निद्रा लागेको अवस्थामा स्खलन हुदैन। रात्रि वा दिवा स्खलन एउटै पक्रिया तथा अवस्था हो। यो प्राकृतिक सोच र उमेरको परिणाम हो।

आकस्मिकरुपमा यौन जोडीसँग यौन क्रियाकलाप तथा यौन सम्पर्क गरेको सपना देख्दा पुरुषको लिङग ठडिने र महिलाको योनी खुम्चिने तथा फुक्ने प्रक्रिया हुनाले कामोत्तेजना आउँछ। जसको कारण निदाएको अवस्थामा स्खलन हुनपुग्छ। मस्तिष्कले निर्देशित गरेपछि यौन उत्तेजना हुने भएकाले स्खलन भए मस्तिष्कलाई थाहा हुन्छ। यो महिला-पुरूष दुवैमा हुने स्वाभाविक अवस्था हो।

पुरुषको स्खलन भएर अर्ध निन्द्राबाट व्यूँझिएको अवस्थामा लिङ्ग प कामोत्तेजनाले वीर्य स्खलन गर्छ। महिलाको योनी ग्रन्थीहरूबाट रसायनहरू, निष्कासनले योनी मांसपेशी र ग्रन्थी मांसपेशीहरूको खुम्च्याई तथा फुलाइले योनी तरल झोल स्खलन हुनेगर्छ।

हार्मोनको खेल
किशोरीहरूमा ‘गौण यौन विशेषता स्ट्रोजेनले ल्याउँछ। केही स्ट्रोजेनले महिला मस्तिष्क र बाहिरी महिला रूप तथा भित्री जनेन्द्रीयको वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्छ। यस्तै पुरुषको टेस्टोस्टेरोन हार्मोनले भित्री पुरूष जनेन्द्रीयको विकास गराउँछ। डिहाइड्रो टेस्टोस्टेरोनले पुरुष बाहिरी जनेन्द्रीयको विकास गराउँछ। यसले पुरुष गौण विशेषताको वृद्धि-विकास गर्छ। पुरूष मस्तिष्कको वृद्धि-विकास हुनमा टेस्टोस्टेरोनको मुख्य भूमिका अवस्य हुन्छ।

पुरुषको अण्डाशयमा मुख्यगरी ‘लेडिग र सेरटोली गरी दुई किसिमका कोष हुन्छन्। लेडिगले शुक्रकिटको सिर्जना गर्छ भने सेरटोली कोषले टेस्टोस्टेरोनक निष्कासन गर्छ। पुरूषमा टेस्टोस्टेरोनको मात्रा उच्च हुँदा पनि रात्रि वा दिवा स्खलन हुन्छ। जसले व्यक्तिमा यौन उत्तेजना बढाउँछ।

प्राकृतिक प्रक्रिया
कहिल्यै पनि यौन सम्पर्क नगरेको व्यक्तिले यौन क्रियाकलाप तथा योन सम्पर्क गरेको कल्पना गर्दा स्खलन हुन्छ। किशोरावस्थादेखि नै यौन सम्पर्क गरेको सपना देख्नु तथा स्खलन हुनु स्वभाविक हो। लामो समयसम्म यौन सम्पर्क गर्न नपाउँदा वयस्क व्यक्तिमा अझ बढी स्खलन हुन्छ। पुरुष वा महिला स्खलित हुनु समस्या नभई प्राकृतिक प्रक्रिया भएकोले सहज रुपका लिनुपर्छ।

अध्ययनअनुसार करिब ३३ प्रतिशत पुरुषले यौन सम्पर्क हुनुभन्दा अगाडि नै रात्रि स्खलनको अनुभव लिएका हुन्छन्। स्खलन हुनुको कारण, उच्च मात्रामा यौन हार्मोनको उतारचढाव हो। सुतेको समयमा यौनजन्य अङ्गमा रक्त सञ्चारको प्रवाह बढेको हुन्छ। जसले यौन उत्तेजना बढाउँछ। पुरुषको लिङ्ग ठडिने र महिलाको योनि खुम्चिने र फुक्ने प्रक्रियामा नाइट्रिक अक्साइडको भूमिका पनि प्रमुख हुन्छ।

रात्रि स्खलन हुने एकिन कारण अहिलेसम्म पत्ता लागेको छैन। तर, केही सम्बन्धित कारण पाइन्छन्। स्वप्न स्खलन दरमा वृद्धि हुनु, यौनजन्य क्रियाकलापमा कमी र यौनाङ्गमा चलाएर हस्तमैथुनको अभ्यास गरेर यौन उत्तेजनामा आउँदा स्वप्न स्खलन हुनसक्छ। स्खलन हुनु व्यक्तिको यौन चाहना, इच्छा, आकांक्षाको स्वप्न चित्र हो। व्यक्तिमा यस्तो यौन तृप्तिको इच्छा तथा आकांक्षा आफू निद्राबाट ब्यूँझैदा स्वाभाविक रूपमा यौन अनुभूति र ज्ञानका रूपमा प्राप्त हुन्छ। स्खलन हुनु आनन्दमयी अवस्था हो। राति हुने यौन स्खलनले व्यक्तिमा स्वतः आनन्दानुभूति प्राप्त हुन्छ।

प्रा.डा. दिनेश बाँस्तोलाको पुस्तक सुहागरात (पहिलो दिनदेखि बुढेसकालसम्म) बाट साभार

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस