२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआईसी एसिया बैंकले १० लाख कित्ता सेयर बेच्दै

काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकसँग रहेको सो संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय बिराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । आवेदन दिने अवधि असार १७ गतेसम्म तोकिएको छ ।

क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ हुनेगरी न्यूनतम १० हजार कित्ता तथा अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सो मूल्यभन्दा कम हुनेगरी आवेदन दिएमा रद्द हुने छ । हाल निफ्रामा विभिन्न बैंक तथा वित्तीय संस्थाको २०.८९ प्रतिशत, सरकारको १०, सर्वसाधारणको ४०, जीवन तथा निर्जीवन बीमा कम्पनीको १८.९७, निजी तथा सार्वजनिक कम्पनीको ५.१५ प्रतिशत हिस्सा छ ।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस