२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टी–२० विश्वकप : अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले इतिहास रच्यो

afghanistan vs australia

काठमाडौं । अफगानिस्तानले अष्ट्रेलियालाई पहिलो पटक हराएर इतिहास रचेको छ । जितपछि कप्तान राशिद खानले अल्लाहलाई धन्यवाद दिए । राशिद खानको नेतृत्वमा रहेको यो टोलीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक अष्ट्रेलियालाई हराएको हो ।

अफगानिस्तान गत वर्ष सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा जितको दौडमा पुगेको थियो तर म्याक्सवेलले अफगानिस्तानबाट जित खोसेका थिए । तर, यसपटक अफगानिस्तानले त्यस्तो कुनै गल्ती गरेन र अष्ट्रेलियालाई किंग्सटाउनमा २१ रनले पराजित गरेको हो । दुई टोलीबीच एकदिवसीयमा चार र टी–२० मा दुई खेल भइसकेका थिए । अफगानिस्तानको टोलीले एकदिवसीयमा अस्ट्रेलियाविरुद्ध कहिल्यै जित हात पार्न सकेको छैन, तर टी–२० को दोस्रो खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गर्दै इतिहास रच्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन बनाए । जवाफमा अस्ट्रेलियाको टोली १९.२ ओभरमा अलआउट हुँदै १२७ रनमा सिमित भयो।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस