२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा लागूऔषध भित्र्याउने नाइके सञ्चालका दुई भारतीय नागरिक पक्राउ

झापा, असार ८ । झापामा लागूऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका वडा नं. १ सालमारा झोलुङ्गे पुल बगानमा चेकजाँचको क्रममा साईकल यात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने बर्ष ४० का जुलमात हुसेन र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० का तोसिफ आमललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित २० ग्राम ५५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवैलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस