२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने, लिग आगामी जुलाईमा हुँदै

८ असार , काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
नेपाली टिमका कप्तान रोहित पौडेलसहित अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् ।

ग्लोबल टी–२० लिग आगामी जुलाईमा हुने छ । सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी–२० खेलेका थिए । रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस