२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

७असार , काठमाण्डौँ । सुनको मूल्य फेरि बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत जेठ २५ गते सुन हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य घटेको थियो ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस