काठमाडौं । लगातार तीनदेखि नेपाली बजारमा स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।