२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने जोडिएको सहकारी काण्डका कागजात सर्वोच्चमा पेश, विवरणमा के देखियो ?

Rabi Lamichhaanne

काठमाडौं । गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी सम्बन्धमा नेपाल प्रहरीको जवाफ, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदन र रुपन्देही जिल्ला अदालतमा पेश भएको अभियोगपत्र लगायतका कागजात सर्वोच्च अदालतमा पठाइएको छ । रवि मुछिएको सहकारी ठगी सम्बन्धमा कागजात पेश गर्न दिएको आदेश बमोजिम सम्बद्ध निकायहरुले कागजात पेश गरेको सर्वोच्च स्रोतले बतायो ।

यसअघि परेको पेशी हेर्न नमिल्ने भएपछि सर्वोच्चले तोकेको पेशी बमोजिम रवि विरुद्ध दायर रिटमा शुक्रबार सुनुवाई हुँदैछ । शुक्रबारको सुनुवाईका लागि दुई न्यायाधीशको संयुक्त इजलास गोला प्रथाबाट तोकिने छ । रविलाई गृह मन्त्रीबाट निलम्बन माग गरिएको मुद्दा कुन–कुन न्यायाधीशको इजलासमा पर्ला भन्ने चासो सर्वत्र छ । यसअघि गृहमन्त्री रविलाई ‘क्लिन चिट’ दिने आसयले महान्यायाधीवक्ता कार्यालयबाट पत्र जारी भएसँगै यो प्रकरणले नयाँ ट्वीष्ट लिएको थियो । त्यसपछि सर्वोच्चमा दायर रिटमाथि सुनुवाई गर्दै आदेश भए बमोजिम सुप्रिम सहकारी बुटवलको अभियोगपत्रदेखि सिआइबीको प्रतिवेदनसम्म अदालतले प्राप्त गरेको छ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीबारे पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको पुनः जाहेरी (लामिछानेको नाम पहिलो नम्बरमा उल्लेख भएको) सम्बन्धि कागजात भने अझै प्राप्त नभएको अदालत स्रोतले बतायो । प्रहरीले अदालतलाई छल्ने गरी सक्कल जाहेरी समेत नपठाएको स्रोतको भनाई छ । प्रहरीले पीडितसँग बुझेको उक्त पुनः जाहेरी दर्ता नै नभएको जवाफ कास्की प्रहरीले पठाएको छ । पुनः जाहेरीलाई लुकाउन खोजेको विषय बहसका क्रममा इजलासमा उठाउने तयारी निवेदकको तर्फबाट भइरहेको छ भने गृहमन्त्री लामिछाने पक्षले पुनः जाहेरीलाई ‘सामान्य निवेदन’ भन्दै आएको छ । अदालतले पर्याप्त विवरणहरु र पक्ष विपक्षको बहस सुनेर अबको सुनुवाईपछि यसको छिनोफानो गर्ने छ ।

सीआइबीको प्रतिवेदन रवि उल्लेख भएको विवरण

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस