२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सूर्यकुमारको अर्धशतक, भारतद्वारा १ सय ८२ रनको लक्ष्य प्रस्तुत

ब्रिजटाउन । सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानसामु जितका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको हो ।

खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए । त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै स्कोर अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।

सूर्यकुमार यादवले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे । अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए । फारुकीले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए । उनी यो विश्वकपमा सर्वाधिक विकेट खेलाडी पनि हुन् । कप्तान खानले ४ ओभरमा २६ रनमात्र दिएका थिए । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को यो पहिलो खेल हो । यो समूहमा अस्ट्रेलिया र बंगलादेश पनि रहेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस